Friday, May 5, 2017

Lyrics of Song " Bhanchhu Aaja , Ma Yesto Geet Gaauchu " - Sugam Pokheral , Anju Pant

भन्छु आज, मनका कुरा, सुन्छौ भने तिमी।
जुनीजुनी सम्म मेरै, हुन्छौ भने तिमी।
भन्छु आज, मनका कुरा, सुन्छौ भने तिमी।
जुनीजुनी सम्म मेरै, हुन्छौ भने तिमी।\

जिन्दगीको कुनै मोडमा, रुनु पर्यो तिमी।
आफ्नै सम्झी परेली, छुन्छौ भने तिमी।
भन्छु आज, मनका कुरा।

तिम्रो साथमा भए हाँस्न, सजिलो हुन्छ मलाई।
भविष्य सम्झिएर बाँच्न, सजिलो हुन्छ मलाई।
तिम्रो साथमा भए हाँस्न, सजिलो हुन्छ मलाई।
भविष्य सम्झिएर बाँच्न, सजिलो हुन्छ मलाई।

मेरा खुशी सबै नै तिम्लाई दिन्छु, मेरो हुन्छौ भने तिमी।
ति हातले यी परेली, छुन्छौ भने तिमी।
आफ्नै सम्झी परेली, छुन्छौ भने तिमी।
भन्छु आज, मनका कुरा, सुन्छौ भने तिमी।

तिमी बाहेक अरु छैन, जीवनमा ठुलो कुरा।
तिमी भए सबै पुरा, हुदैनन केहि अधुरा।
तिमी बाहेक अरु छैन, जीवनमा ठुलो कुरा।
तिमी भए सबै पुरा, हुदैनन केहि अधुरा।

सुम्पिदिन्छु तिमीलाई जिन्दगी नै, मेरो हुन्छौ भने तिमी।
ति हातले यी परेली, छुन्छौ भने तिमी।
आफ्नै सम्झी परेली, छुन्छौ भने तिमी।
भन्छु आज, मनका कुरा, सुन्छौ भने तिमी।
जुनीजुनी सम्म मेरै, हुन्छौ भने तिमी।

No comments:

Post a Comment

Lyrics of Song "Naam Shabana: Dil Hua Besharam " - Meet Bros, Aditi

Rafa dafa saari duniya ko karke Maza vaza karlo, maza vaza karlo Rafa dafa sufi bandon ko karke Nasha vasha karlo, nasha vasha karlo Rafa d...